बैंकिङ खबर/ लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. टेडियाबजार शाखा बर्दियाले बीमा दाबी रकम भुक्तानी गरेको छ । लघुवित्तको केन्द्र नं. ९६ मा आवद्ध सदस्य राम कुमारी थरुनीको श्रीमान स्व. शालिकराम चौधरीको मृत्यु बापतको बीमा रकम रु.५लाख हस्तान्तरण गरिएको हो ।
राजापुर नगरपालिका वडा नं.४ का वडाध्यक्ष बिदुर पोखरेल, लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. प्रादेशिक कार्यालय अत्तरिया कैलालीका प्रदेश प्रमुख रमेश अर्याल, राजापुर नगरपालिका वडा नं.४ अन्नतपुरका बडघर ठग्गु थारु, स्थानीय समाजसेवी बुद्धिजीवी भुवन ढकाल, यसै लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. टेडियाबजार शाखाका शाखा प्रबन्धक लोकेन्द्र खड्का र यसै शाखाका कर्मचारी गणेश गिरी, स्थानीय भद्र भलादमीका साथै केन्द्रका सम्पूर्ण सदस्यहरुको उपस्थितिमा उक्त रकम निज सदस्य राम कुमारी थरुनीलाई हस्तान्तरण गरेका थिए ।
उक्त बीमा रकम हस्तान्तरण कार्यक्रममा यसै संस्थाका प्रदेश प्रमुख रमेश अर्यालले बीमाको महत्व बुझाउँदै बीमा सम्बन्धित सम्पूर्ण जानकारी दिनुका साथै संस्थाका अन्य सामाजिक उत्तरदायित्व अन्तर्गतका विषयमा पनि जानकारी गराएका थिए ।
साथै राजापुर नगरपालिका वडा नं. ०४ का वडाध्यक्ष बिदुर पोखरेलले संस्थाले गरेको सकारात्मक कार्यलाई उजागर गर्दै संस्था र सदस्यबीच द्धिपक्षिय सकारात्मक सम्बन्ध हुनुपर्छ । यस्तै सकारात्मक कार्यको अपेक्षाका साथै कर्जाको सही सदुपयोग गर्नुपर्छ भनि जानकारी गराएका थिए ।