बैंकिङ खबर/ मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त स्वयम्भू,काठमाडौंलाई सहयोग गरेको छ ।
संस्थाले प्रहरी वृत्त स्वयम्भूमा रहेका कुइक रेसपोन्स टीमलाई २० थान हेल्मेट, फ्लोरोसेन्ट ज्याकेट, नी गार्ड र पन्जा हस्तान्तरण गरेको हो । उक्त सामाग्री संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रामहरि दाहालले प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दलाई हस्तान्तरण गरेका हुन् ।
स्वयम्भू क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालिन समयमा सडकमा खटिएका प्रहरीहरुलाई चेकिङ गर्न, गस्ती गर्न तथा जोखिम व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले उक्त सहयोग गरेको जनाएको छ ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक तथा आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने संस्थाले जनाएको छ ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत १ लाख ५० हजार भन्दा बढी विपन्न घरपरिवारहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।