बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय अवस्थामा सुधार आएको छ । लघुवित्त कम्पनीहरूले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार अधिकांश लघुवित्तको वित्तीय अवस्थामा सुधार आएको हो ।
विगतमा निष्क्रिय कर्जाले थला परेका लघुवित्तहरूले गत वर्ष नाफामा सुधार गरेका छन् । साथै निष्क्रिय कर्जाको वृद्धि पनि केही हदसम्म रोकिएको छ ।
नेसनल लघुवित्तको गत आवमा निष्क्रिय कर्जा केही नियन्त्रणमा आएको छ । यस लघुवित्तको अघिल्लो आवमा ३.५३ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा गत आवमा ३.२५ प्रतिशतमा झरेको छ ।
यस्तै निर्धन उत्थान लघुवित्तको अघिल्लो आवमा १२.०९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा १०.७७ प्रतिशत रहेको छ । छिमेक लघुवित्तको भने निष्क्रिय कर्जा बढेको छ । यो लघुवित्तको निष्क्रिय कर्जा अघिल्लो आवमा १.७२ प्रतिशत रहेकोमा गत आवमा बढेर ३ प्रतिशतमा पुगेको छ ।
यस्तै जीवन विकास लघुवित्तको पनि निष्क्रिय कर्जा बढेको छ । यस लघुवित्तको अघिल्लो आवमा ४.०७ प्रतिशत मात्रै रहेको निष्क्रिय कर्जा गत आवमा ७.७४ प्रतिशत पुगेको छ । यस्तै विजय, सूर्योदय वोमी, इन्फिनिटी र कालिका लघुवित्तले निष्क्रिय कर्जा घटाएका छन् ।
विजय लघुवित्तको निष्क्रिय कर्जा गत आवमा ७.७४ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यस लघुवित्तको निष्क्रिय कर्जा ४.०७ प्रतिशत पुगेको थियो ।
यस्तै सुर्योदय वोमी लघुवित्तको निष्क्रिय कर्जा अघिल्लो आवमा ७.६६ प्रतिशत पुगेकोमा गत आवमा ६.२ प्रतिशतमा झरेको छ । इन्फिनिटी लघुवित्तको अघिल्लो आवमा ८.१५ प्रतिशतमा पुगेको निष्क्रिय कर्जा गतआवमा ५.२९ प्रतिशतमा झरेको छ । कालिका लघुवित्तको ४.८५ प्रतिशतबाट घटेर गत आवमा ३.७९ प्रतिशत मात्रै निष्क्रिय कर्जा रहेको छ ।