August 28th, 2024

फस्र्ट माइक्रोफाइनान्स लघुवित्तद्वारा ग्राहक संरक्षणको वर्गीकरण सम्बन्धी अन्तरक्रिया

बैंकिङ खबर/ फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. ज्ञानेश्वर काठमाडौंले आफ्ना साझेदार लघुवित्त वित्तीय संस्थाका ऋण विभाग प्रमुख तथा ग्राहक संरक्षण विभागका प्रमुखहरुस“ग एक दिवसीय अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ । उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न लघुवित्त वित्तीय संस्था लि का २३ जना विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा लघुवित्त वित्तीय संस्थामा कर्जाको कारोवार गरिरहेका ऋणीहरुको वर्गीकरण तथा ग्राहक संरक्षण सम्बन्धी भए गरेका अभ्यास तथा थप प्रभावकारिता लागि चालिनुपर्ने ठोस कदमका सम्बन्धमा अन्तरक्रिया गरिएको थियो ।

उक्त अन्तरक्रियामा ग्राहक संरक्षण सम्बन्धी विभिन्न सवालहरु, अध्ययनबाट देखिएका निष्कर्ष तथा सुझावहरु र नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुका लागि पछिल्लो समयमा जारी गरिएका निर्देशनमा लघुवित्तका ऋणीहरुको वर्गिकरण तथा ग्राहक संरक्षण तथा वित्तीय साक्षरता सम्बन्धमा भएका व्यवस्था बारे जानकारी गराइएको थियो ।

उक्त कार्यक्रमको समापन गर्ने क्रममा फस्र्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत श्री नुमनाथ पौडेलले नियतवश कर्जा नतिर्ने र कर्जा जुन कामका लागि लिएको हो ।

सोही काममा उपयोग नगर्ने ऋणीहरुको कारणले लघुवित्त संस्थाहरुमा कर्जा असुलीमा समस्या थपिएको औल्याउदै ग्राहक संरक्षण कोष वास्तविक समस्यामा परेका ग्राहकहरुको हित हुने कार्यतर्फ परिचालन गर्न सुझाव दिएका छन् ।