March 16th, 2016

अन्तर्राष्ट्रिय स्तरको सफ्टवेर खरिद गर्दै सिटिजन्स बैँक 

citizen bankसिटिजन्स बैंक इन्टरनेसनलले नयाँ कोर बैंकिङ सफ्टवेयर खरिद प्रक्रिया सुरु गरेको छ । ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै अत्याधुनिक बैकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैँकले भारतको सफ्टवेयर कम्पनी M/s Edge Verve System Limited संग सफ्टवेर खरिद सम्बन्धमा सम्झौता गरेको हो । बैंकले यस कोर बैंकिङ सफ्टवेयर लागू गर्न नेपालको M/s CAS Trading House Pvt Ltd संग समेत सम्झौता गरेको छ ।

फिनाकल संसारभरि चलेको उच्चस्तरीय बैंकिङ सफ्टवेयरमध्ये एक हो । कोर बैंकिङ सफ्टवेयर लागू भएपछि ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्र्ने क्षमतामा वृद्धि हुने विश्वास बैकको रहेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिहं भण्डारीले फिनाकल सिस्टमबाट ग्राहकले थप गुणस्तरीय सेवा प्रप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।