August 27th, 2024

यी हुन् ‘ए प्लस’ ग्रेड ल्याउने विश्वका ३ गभर्नर


बैंकिङ खबर/ विश्वका तीन गभर्नरले यस वर्ष ‘ए प्लस’ ग्रेड पाउन सफल भएका छन् । ग्लोबल फाइनान्स म्यागजिनले हालै सार्वजनिक गरेको २०२४ को ग्लोबल फाइनान्स सेन्ट्रल बैंकर रिपोर्टका अनुसार भारतका शक्तिकान्त दाससहित डेनमार्कका गभर्नर क्रिस्टियन केट्टेल थोम्सन र स्विट्जरल्यान्डका थोमस जोडर्नले ए प्लस ग्रेड पाएका हुन् ।

यसैगरी वर्ष २०२४ मा ए ग्रेड पाउने गभर्नरहरुमा ब्राजिलका रोबटो कम्पोस नेटो, चिलीका रोसन्ना कोस्टा, मरिससका हार्भेस कुमार सिगोलम, मरक्कोका अब्देलातिफ जौहरी, दक्षिण अफ्रिकाका लेसेट्जा कङ्यागो, श्रीलंकाका नन्दलाल वीरसिंघे र भियतनामका नग्युन थाई हङ छन्।

ए माइनस ग्रेड पाउने गभर्नर

  • कम्बोडियाः ची सेरी
  • क्यानडाः टिफ म्याकलेम
  • कोस्टा रिकाः रोजर म्याड्रिगल लोपेज
  • डोमिनिका रिपब्लिकः हेक्टर भल्डेज अल्बिजु
  • युरोपियन युनियनः क्रिस्टाइन लागार्दे
  • ग्वालेमालाः अल्भोरा गोन्जालेज रिची
  • इन्डोनेसियाः पेरी वार्जियो
  • जमैकाः रिचर्ड बाइल्स
  • जोर्डनः अदेल अल शार्कास
  • मंगोलियाः ब्याड्रान ल्खाग्वासुरेन
  • नर्वेः अल्द ओल्डेन बच
  • पेरुः जुलियो वेलार्डे फ्लोरेस
  • फिलिपिन्सः एली रेमोलोना
  • स्विडेनः एरिक थेडीन
  • संयुक्त राज्य अमेरिकाः जेरोम हेडेन पोवे