Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

समता घरेलु लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर दोस्रो पटक बिक्री

२०८१ भाद्र ६ गते

 

बैंकिङ खबर/सेयरधनीले खरिद नगरेपछि समता घरेलु लघुवित्तको संस्थापक सेयर दोस्रो पटक बिक्रीमा राखिएको छ। लघुवित्तले २० हजार संस्थापक सेयर बिक्रीमा राखेको हो।

लघुवित्तले कुल ६४ हजार ९ सय १९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो। जसमध्ये ४४ हजार ९ सय १९ कित्ता सेयर मात्रै सेयरधनीले खरिद गरेका थिए। खरिद नभएको बाँकी २० हजार कित्ता सेयर लघुवित्तले बिक्रीमा राखेको हो।

लघुवित्तले सर्वसाधरणले खरिद गर्न सक्नेगरी सात दिन भित्र आवेदन माग गरेको छ। इच्छुक लगानीकर्ताले सात दिन भित्र लघुवित्तको केन्द्रिय कार्यलय बनेपामा सेयर कित्ता तथा दरभाउ सहित आवेदन पेस गर्नुपर्नेछ।