बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड र बुम रेमिट्यान्स प्रा.लि. बिच आइतबार (मंसिर १२ गते) रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा बैंक अफ काठमाण्डू लुम्बिनीका तर्फबाट प्रमुख रिसर्च, प्रोडक्ट डेभलपमेन्ट तथा मार्केटिङ रीतेस लामिछाने र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुासार, अब बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम बैंक अफ काठमाण्डू लुम्बिनीका सबै शाखाहरु मार्फत भुक्तानी गरिने भएको छ । साथै बुम रेमिट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य समेत बैंक अफ काठमाण्डू लुम्बिनीले गर्नेछ ।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ३३०० वटा भन्दा बढि प्रतिनिधिहरु छन् । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । निकट भविष्यमा नैै मलेसिया, कोरीया, जापान, क्यानडा, अष्ट्रेलिया, युरोप, इजरायल, भारत र अमेरिकाबाट समेत कारोबार सुरु गर्ने कम्पनीले जनाएको छ ।
आन्तरिक सञ्जाललाई तीब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो सञ्जाललाई तीब्र रूपले विस्तार गर्दै जाने योजना बनाएको कम्पनीका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले जानकारी दिए । उनका अनुासार, बुम रेमिटले विभिन्न बैंकहरूसँग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रबन्ध मिलाएको छ । बुम रेमिटले हुन्डी कारोबारलाई निरूत्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम समेत गर्दै आएको धिरेन्द्र पन्तले बताए । “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विप्रेषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सिर्जना गर्नुपर्ने उनको धारणा छ ।