बैंकिङ खबर/ सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार बिहान ८ बजे क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँड गरेको हो।
एफपीओमा १५ लाख ६४ हजार ४ सय २३ जनाको आवेदन परेको थियो । जसमध्ये ११ सय १ जनाको आवेदन रद्द भइ १५ लाख ६३ हजार ३ सय २२ जनाको आवेदन मात्र योग्य भएका थिए ।
क्यापिटलका अनुसार एफपीओमा ४७३.५३ गुणा बढीको आवेदन परेको थियो। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ । जसमध्ये ४ हजार ६ सय ७२ जनाले मात्र शेयर पाएका छन् भने अन्य आवेदक हात खाली भएका छन्।
शेयर पाएका ४ हजार ६ सय ७२ जनामध्ये ९ जनाले ११ कित्ता सेयर पाएका छन् भने एक जनाले १०.५४५ कित्ता सेयर पाएका छन् । बाँकिले १० कित्ता शेयर पाएका छन् ।
कम्पनीले साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ ५० पैसा बराबरको ४६ हजार ७ सय २९ दशमलव ५४५० कित्ता एफपीओ निष्काशन गरेको हो ।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था थियो। कम्पनीले अंकित मूल्य रु. १०० मै एफपीओ निष्काशन गरेको हो । साविकको सूर्योदय लघुवित्त वित्तीय र वोमी लघुवित्त मर्ज भई सूर्योदय वोमी लघुवित्त बनेको थियो ।
नतिजा विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ । जसअनुसार बिक्रि प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट https://kumaricapital.com, र सिडीएसले सार्वजनिक निष्काशनको नतिजा हेर्नको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np बाट नतिजा हेर्न सकिने छ ।
यी वेबसाइटमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । त्यस्तै सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login बाट आफुले आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर नतिजा हेर्न सकिने छ ।




