बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षभरि गर्ने कार्यक्रम तथा योजना सार्वजनिक गरेको छ। बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजारलाई पारदर्शी बनाउन ११ वटा बुँदा अगाडि सारेको हो।
बोर्डले नीति तथा कार्यक्रममार्फत संरचनागत सुधार तथा क्षमता अभिवृद्धि, प्रभावकारी नियमन, विद्युतीय प्रणालीमा आबद्धता, समयसापेक्ष ऐनको निर्माण, नवीनतम वित्तीय औजारको प्रयोग लगायतका कार्यक्रमहरु अघि सारेका छन्।
बोर्डले धितोपत्र बजारलाई पारदर्शी बनाउँदै नियमनलाई थप मजबुत बनाउने गरी नीति तथा कार्यक्रम पास गरेको हो । बोर्डले १२ वटा बुँदामा चालू वर्षका कार्यक्रमहरु समेटेको छ। जुन निम्न छन्-
धितोपत्र बजारलाई थप स्वच्छ, प्रतिस्पर्धी र पारदर्शी बनाई बजारको स्थायित्व तथा लगानीकर्ताको हित प्रवद्र्धन गरी धितोपत्र बजारमा जन विश्वास बढाइनेछ।
नेपाल धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण र संरचनागत सुधार तथा क्षमता अभिवृद्धि गर्दै लगिनेछ ।
धितोपत्र बजारको थप प्रभावकारी नियमन तथा सुपरिवेक्षण मार्फत्गलत अभ्यासलाई निरुत्साहित गरिनेछ ।
धितोपत्र बजार र धितोपत्र व्यवसायको नियमन तथा सुपरिवेक्षण कार्यलाई विद्युतीय प्रणालीमा आवद्ध गर्दै लगिनेछ ।
नेपाल सरकारको बजेट बक्तव्यमा उल्लेख भएबमोजिम वस्तु विनिमय बजार संचालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइनेछ ।
धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी प्रचलित कानूनलाई अन्तर्राष्ट्रिय सिद्धान्त तथा मापदण्ड अनुरुप समयसापेक्ष बनाउनेर नेपाल
धितोपत्र बोर्ड तथा धितोपत्र बजारसम्बन्धी छुट्टाछुट्टै ऐन तर्जुमा गर्ने कार्य अगाडि बढाइनेछ ।
हरित बन्ड, ऊर्जा बन्ड लगायत अन्य नवीन वित्तीय औजारहरुको निष्काशन तथा कारोबारको सहज एवं भरपर्दो व्यवस्था गर्न आवश्यक कानुनी व्यवस्था गरिनेछ ।
धितोपत्र बजारको नियमनलाई व्यवस्थित बनाउने सम्बन्धमा प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गरिनेछ ।
धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाहरुले बोर्ड समक्ष पेश गर्नुपर्ने प्रतिवेदनमा एकरुपता कायम गरिनेछ ।
पुँजी बजारमा क्षेत्रगत तथा औजारगत विविधता ल्याउन सहजीकरण गरिनेछ ।
लगानीकर्ताको सशक्तीकरण गर्न देशव्यापीरुपमा पुँजी बजारसम्बन्धी शिक्षा, सचेतना तथा साक्षरता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
sebon_yearly_working_list (1)