Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नुवाकोटको बिदुरमा सानिमा बैंक 

२०७३ मंसिर १० गते

bidur-branch-2सानिमा बैंक लिमिटेडले नुवाकोटको बिदुरमा शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले UK aid द्वारा प्रवद्र्धित सक्षम परियोजना (Access to Finance) समेतको सहकार्यमा शुक्रबारदेखि उक्त शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका ब्राण्ड प्रवद्र्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा सानिमा बैंकका अध्यक्ष बिनय श्रेष्ठले संयुक्त रुपमा गरे । बैंकको उक्त बिदुर शाखा समेत गरी मुलुकभर ४१ वटा शाखा र ४७ वटा ए.टि.एम रहेका छन् । 

bidur-branchसो अवसरमा बैंकका अध्यक्ष श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै यस बिदुर शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

समुद्घाटन समारोहमा मह जोडीले बिदुरमा सानिमा बैंक संचालनमा आएकोमा बिदुरवासी र बैंकलाई बधाई दिए ।