सिभिल बैंक लिमिटेडले सात दिने वित्तीय साक्षरता अभियान सुरु गरेको छ । आफ्नो छैठौँ वार्षिकोत्सवको अवसर पारेर बैंकले शुक्रबार (मंसिर १० गते) देखि उक्त अभियान सुरु गरेको हो । अभियानको सुरुको दिनमा बैंकले विहान ७ः४५ देखि ८ः४५ सम्म काठमाडौँमा प्रभातफेरि आयोजना गरेको थियो । वार्षिकोत्सवको अवसर पारेर सुरु गरिएको वित्तीय साक्षरता अभियानअन्तर्गत देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरताका विभिन्न चेतनामूलक कार्यक्रमहरुको आयोजना गरिने छ । साथै, सोही अवसर पारेर देशका २५ स्थानहरुबाट गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिने बैंकले जनाएको छ ।
कार्यक्रममा बोल्दै सिभिल बैंकका प्रमुृख कार्यकारी अधिकृत किशोर मर्हजनले समाजप्रति आफ्नो जिम्मेवारी बहन गर्दै आफ्नो सेवाको परिधी र व्यवसाय वृद्धि गर्दै जाने बताए ।