November 23rd, 2016

तीन महिनामा मालपोतबाट उठ्यो ३८ करोड ६५ लाख रुपैयाँ राजश्व

जिल्ला मालपोत कार्यालय कास्कीले चालु आवको तीन महिनामा ३८ करोड ६५ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले राजश्वतर्फ ३२ करोड ५७ लाख ७१ हजार रुपैयाँ र पुँजीगत लाभकरतर्फ ६ करोड ५ लाख ८४ हजार रुपैयाँ संकलन गरेको कार्यालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।

कार्यालयले साउनमा १३ करोड २४ लाख ६२ हजार रुपैयाँ, भदौमा १२ करोड ७० लाख ७ हजार रुपैयाँ र असोजमा आठ करोड २९ लाख ४४ हजार रुपैयाँ संकलन गरेको थियो । कार्यालयले सेवाग्राहीको सुविधाको लागि एकद्वार प्रणाली, कम्प्युटरबाट श्रेस्ता र पुर्जा वितरण तथा बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्दै आएको छ । रासस