बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । एकआपसमा मर्ज भई असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएसँगै जाल्पा लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको हो ।
दुई लघुवित्तले अब ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्ने छन् । अब यही नयाँ नामबाट दुवै लघुवित्तकाे सेयर काराेबारमा आउने छ ।
दुई लघुवित्तलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । जाल्पा र किसान बीच गत साउन १० गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो भने गत चैत १८ गते मर्जर सम्बन्धी अन्तिम सम्झौता गरेका थिए ।
जाल्पा र किसान १:०.८८३४ सेयर अनुपातमा मर्ज भएका हुन् । हाल जाल्पा लघुवित्तको चुक्ता पूँजी १८ करोड २८ लाख रुपैयाँ र किसानको ५० करोड ४३ लाख रुपैयाँ छ ।