सनराइज बैंक लिमिटेडले सनराईज सुरक्षित घर कर्जा तथा ईलेक्ट्रोनिक सुविधाका बारेमा रुपन्देहीको देवदहमा जानकारी तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सुरु गरेको वित्तीय साक्षरता अभियान अन्तर्गत बैंकले प्रदान गर्ने घरकर्जा तथा घरकर्जा लिनेलाई बीमाको सुविधा तथा ईलोक्ट्रानिक बैंकीङ्ग सेवाका बारेमा कार्यक्रममा जानकारी गराइएको थियो ।
बैंकका नायव महाप्रबन्धक अपचकुमार यादवले आर्थिक समृद्धिका कुरा उठिरहेको अवस्थामा अहिले बैंकिङ्ग सेवालाई अवलम्बन गर्नु महत्वपुर्ण कुरा भएकाले सनराईज बैंकले आफ्ना सेवाग्राहीका लागि सुरक्षित घर कर्जा तथा ईलेक्ट्रोनिक सेवालाई जनमुखि बनाएको बताए । घरकर्जा कार्यक्रम अन्र्तगत रकम बराबर कर्जाको अवधि अनुसार ऋणीको सावधिक जीवन बीमा गरिने उल्लेख गर्दै उनले कर्जाको अवधिको अन्त्यमा बीमा कम्पनीबाट बीमांक रकम लगायत बीमाको अवधि अनुसार मुनाफा वापत बोनस प्राप्त हुने जानकारी समेत दिए ।
देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको आतिथ्यतामा भएको कार्यक्रममा देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल ढकाल, नेपाल डेरि एशोसियशनका केन्द्रिय सचिव हिराबहादुर खत्री, सहकारीकर्मी लेट बहादुर पुन, खड्क बहादुर क्षेत्री लगायतले बैंकीङ्ग सेवालाई सबैको पहुँचमा पुग्ने खालको बनाउनुपर्ने धारणा राखे ।
हाल बैंकको चुक्तापुँजी ५ अर्ब ३० करोड रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको जगेडा कोषमा ८५ करोड रुपैयाँ रहेको छ भनै बैंकसँग ५५ अर्ब निक्षेप रहेको छ । बैंकका ३ लाख २५ हजार बढी ग्राहक रहेको बैंकको बुटवल शाखाका प्रवन्धक राजेन्द्र घिमिरेले जानकारी दिए । मुलकुभर ७२ स्थानबाट एटिएम सेवा दिई रहेको बैंकको ६७ शाखा, एक्सटेन्सन काउण्टर तथा ११ शाखा रहित बैंकिंङ्ग रहेको छ । सनराईजले आगामी वर्ष शाखा विस्तार गरेर ७६ पुर्याउने लक्ष्य लिएको समेत घिमिरेले बताए ।
फोटो : अर्जुन ज्ञवाली