November 22nd, 2016

बैंकर रविना देशराज श्रेष्ठ अन्तर्राष्ट्रिय आवार्डबाट सम्मानित

rabina-deshrajमेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ कोरियाबाट प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएकी छिन् । एशिया मेडिकल एस्थेटिक कंग्रेसको अवसरमा उनलाई ‘एशिया टप ब्राण्ड मास्टर ग्राण्ड अवार्ड’ को सद्भावना दूतका रुपमा उक्त अवार्ड प्रदान गरिएको हो । बैंकिङ क्षेत्रसँगसँगै देशको आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा पुर्याएको विशेष योगदानको कदरस्वरुप श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । समारोहमा विभिन्न देशका महिला उद्यमी तथा पेशा व्यवसायमा सक्रिय व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

यसअघि पनि श्रेष्ठले सिंगापुरबाट प्रदान गरिने ‘लेडी अफ एक्सिलेन्स अवार्ड’, मलेसियाबाट प्रदान गरिने ‘२१ औं शताब्दी गोल्डेन फोनिक्स अवार्ड’ जितेकी थिएन् । यसैगरी, अमेरिकाको किंग्स विश्विद्यालयले उनलाई मानार्थ विद्यावारिथीको उपाधि दिएको थियो । यसका अलावा उनले स्वदेशमा पनि बैंकिङ तथा सामाजिक क्षेत्रका थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन् ।