बैंकिङ खबर/विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने तयारी गरेको छ ।
कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेपछि पूँजी बढाउन थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्दैछ । लघुवित्तले पुँजी वृद्धि गर्ने एफपीओ जारी गर्न लागेको हो ।
कम्पनीले एफपीओ जारी गर्ने साधारणसभामा विशेष प्रस्ताव राखेको छ । साधारणसभाबाट पारित भएपछि कम्पनीले एफपीओ जारी गर्ने कम्पनीले जनाएको छ । कम्पनीको १५औँ वार्षिक साधारणसभा असार ३० गते धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा बस्ने कम्पनीका सचिव सरोज घिमिरेले जानकारी दिएका छन् ।
साधारणसभाका लागि र एफपीओको लागि असार १७ गते बुक क्लोज हुने घिमिरेले बताएका छन् । असार १६ गतेसम्म कम्पनीको शेयर खरिद गर्नेले मात्र एफपीओका लागि आवेदन दिन पाउने छन् ।
कम्पनीको साधारणसभाले एफपीओ सम्बन्धी सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई हस्तान्तरण गर्ने, संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र त्यसको जिम्मेवारी सञ्चालक समितिलाई दिने सचिव घिमिरेले जानकारी दिएका छन् ।




