Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्ड अध्यक्षको आकांक्षीमध्ये दुईजनाको मात्र अन्तर्वार्ता

२०८१ असार २ गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँचमध्ये दुईजनाले मात्र प्रस्तुती र अन्तर्वार्ता दिएका छन् । आइतबार ९ बजे राष्ट्रिय योजना आयोगमा प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सर्टलिस्टमा परेका पाँचजनालाई बोलाइएको थियो ।

तर, पाँचजनामध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्र प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी भएका थिए । तीनजना नआएपछि उनीहरूलाई केही दिनको समय दिने तयारी भएको छ ।

अध्यक्षको सर्टलिस्टमा कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारी अनुपस्थित भएका हुन् । सरकारले गत माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । अर्थसचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन् ।