Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिनर्जी फाइनान्सको २५ प्रतिशत हकप्रद पारित

२०७३ मंसिर ६ गते
सेयर:

synergyसिनर्जी फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीका लागि २५ प्रतिशत अर्थात एक बराबर ०.२५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ करोड ८६ लाख रुपैयाँ बराबरका हकप्रद सेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद सेयर आइतबार सम्पन्न विशेष साधारणसभाबाट पारित भएको फाइनान्सले जनाएको छ ।

फाइनान्सले राष्ट्र बैंकको निर्देशनअनुरुप चुक्तापुँजी वृद्धिका लागि उक्त हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल सिनर्जीको चुक्तापुँजी ४७ करोड ४४ लाख नौ हजार रुपैयाँ रहेको छ । २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको पुँजी ५९ करोड ३० लाख रुपैयाँ पुग्नेछ ।