Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

खुल्यो एनएमबि माइक्रोफाइनान्सको साढे पाँच लाख कित्ता हकप्रद सेयर

२०७३ मंसिर ६ गते
सेयर:

nmbएनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १ बराबर १ दशमलव २ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ५२ हजार कित्ता हकप्रद शेयर सोमबार (मंसिर ६ गते) देखि निष्काशन गरेको हो । कात्तिक १७ गतेसम्म कायम रहेका शेयरधनीले उक्त हकप्रदका लागि आवेदन दिन सक्नेछन् । हकप्रदको लागि पुस १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । एनएमबि माइक्रोफाइनान्सको विभिन्न कार्यालय सहित लक्ष्मी क्यापिटल मार्केट, लक्ष्मी बैंक र एनएमबि क्यापिटल लिमिटेडबाट कम्पनीको शेयरमा आवेदन दिन सकिन्छ ।

हाल एनएमबि माइक्रोफाइनान्सको चुक्ता पुँजी ४ करोड ६० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर वितरण गरिसकेपछि कम्पनीको पुँजी १० करोड १२ लाख रुपैयाँ पुग्ने छ ।