November 20th, 2016

एस डेभलपमेन्ट बैंकको कमायो छ करोड ३५ लाख रुपैयाँ मुनाफा

aceएस डेभलमपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले नाफामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१ दशमलव ५३ प्रतिशत वृद्धि गरेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एसले ३ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

१ अर्ब २० करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ७ दशमलव ५८ प्रतिशत वृद्धि गरी ७ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ९ दशमलव ३३ प्रतिशत बढाएर ६ अर्ब ५८ करोड १० लाख रुपैयाँ लगानी गरेकोे छ । 

बैंकको खुद व्याज आम्दानी गत वर्षको असोज मसान्तको तुलनामा ४६ दशमलव ४२ प्रतिशतले बढेर १२ करोड ३८ लाख रुपैयाँ पुगेको । त्यस्तै, सञ्चालन मुनाफा १ सय ४४ प्रतिशतले बढेर ६ करोड १४ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा ३ करोड ३३ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले सम्भावित जोखिम बापतको व्यवस्थामा रकम ३ करोड ४ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा २७ करोड ५२ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको जोखिमयुक्त सम्पति १ दशमलव ५५ प्रतिशतले बढेर १६ दशमलव २५ प्रतिशत कायम भएको छ भने निष्कृय कर्जा शुन्य दशमलव ६९ प्रतिशतले घटेर २ दशमलब ५४ प्रतिशत कायम भएको छ । 

त्यस्तै, बैंकको प्रति शेयर आम्दानी वार्षिक २१ दशमलव १४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २१ दशमलव ०५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २२ दशमलव ८८ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ९६ प्रतिशत रहेको छ ।