प्रभु बैंकले पर्यटकीय क्षेत्र एवं गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बैंकको नयाँ शाखा स्थापना गरेको छ । रुपन्देही जिल्लास्थित लुम्बिनीमा विस्तारीत नयाँ शाखा कार्यालयको रक्षामन्त्री बालकृष्ण खाँडले समुद्घाटन गरेका हुन् । विभिन्न बैंक मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये भैरहवा शाखा (साविक ग्राण्ड बैंक नेपाल लि.) कार्यालयलाई लुम्बिनीमा स्थानान्तरण गरिएको हो । उद्घाटन कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, बैंकका संचालक कुशुम लामा तथा विभिन्न उद्योगीहरुको सहभागिता रहेको थियो ।
बैंकले मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै लैजाने बताएको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । लुम्बिनी शाखाबाट स्थानीय बर्गका साथै पर्यटकहरुलाई समेत बैंकिङ सुविधा लिन सजिलो हुने छ ।