November 18th, 2016

लुम्बिनीमा प्रभु बैंकको नयाँ शाखा विस्तार

img_0075प्रभु बैंक लिमिटेडले रुपन्देहीस्थित लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मन्त्री बालकृष्ण खाँडले शुक्रबार एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरे । प्रभुले मर्जरको क्रममा एकै स्थानमा दोहोरिएका बैंकका शाखा कार्यालयहरुमध्ये भैरहवा शाखा (साविक ग्राण्ड बैंक नेपाल लि.) कार्यालयलाई लुम्बिनीमा स्थानान्तरण गरेको हो । मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकले जनाएको छ । 

img_0079