November 18th, 2016

सुप्रिम र इन्नोभेटिभ डेभलपमेन्ट बैंकले यसरी बढाए मुनाफा

supremeसुप्रिम डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ९० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सुप्रिमले ३ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

९३ करोड ३३ लाख ६५ हजार रुपैयाँ चुक्तापुँजी भएको बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ५६ दशमलव २९ प्रतिशतले वृद्धि गरी ७ अर्ब ८३ करोड ५८ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ६ अर्ब ३२ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी गत वर्षको असोज मसान्तको तुलनामा ६२ दशमलव ५ प्रतिशतले बढेर ९ करोड १६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा ५२ प्रतिशतले बढेर ५ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।  

बैंकले प्रोभिजनमा ९५ लाख रुपैयाँ राखेको जनाएको छ । असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५२ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १६ दशमलव ४४ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ७ दशमलव ५८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २७ दशमलव ७० गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४१ दशमलव ७२ रुपैयाँ र तरलता अनुपात ४९ दशमलव ६५ प्रतिशत रहेको छ ।

innovativeयता, इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेडले चालू आवको पहिलो त्रैमासमा ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ३८ दशमलव १७ प्रतिशतले बढेको हो । गत आवको पहिलो त्रैमासमा इन्नोभेटिभले ५४ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

२९ करोड पाँच लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले निक्षेपमा गत आवको पहिलो त्रैमासको तुलनामा २८ दशमलव ७९ प्रतिशतले वृद्धि गरि २ अर्ब ६० करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ३३ दशमलव ९० प्रतिशत बढाएर २ अर्ब १७ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी गत वर्षको असोज मसान्तको तुलनामा ७० प्रतिशतले बढेर ३ करोड ४० लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ३७ प्रतिशतले बढेर १ करोड १३ लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा ५ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १ करोड ५२ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्र्जा १ दशमलव १९ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति १६ दशमलव २७ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रति शेयर आम्दानी वार्षिक १० दशमलव ४३ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ४० दशमलव ०८ गुणा, प्रति शेयर नेटवर्थ १ सय ३७ दशमलव ३६ रुपैयाँ र तरलता अनुपात ३० दशमलव ४२ प्रतिशत रहेको छ ।