November 17th, 2016

उद्यमशीलता विकासका लागि जिम्मेवारी बोध र कामप्रतिको समर्पण आवश्यक : आईएमई अध्यक्ष 

chandra-p-dhakalआईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले जिम्मेवारी बोध र कामप्रतिको समर्पणले मात्र उद्यमशीलताको विकास सम्भव हुने बताएका छन् । काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा आयोजित ‘इनोभेसन आईडिज’ छलफल कार्यक्रममा बोल्दै ढकालले यस्तो बताएका छन् । आफुसँग भएको ‘आइडिया’लाई जीवन्त बनाउनुका साथसाथै नयाँ आईडियाको खोजि गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रमको कल्क बी बिजनेश इनोभेशनद्वारा आयोजित ‘फेस टु फेस मिटिङ्ग’ सत्र अन्तर्गत ढकालले आईएमई समुहको सफल व्यावसायिक यात्रा र चन्द्रागिरि केबुलकार परियोजनाको विषयमा आफ्ना अनुभव सुनाएका थिए । 

न्युयोर्क, टोकियो र लण्डनपछि काठमाडौंमा प्रथम पटक आयोजना गरिएको उक्त छलफल कार्यक्रममा देशभरबाट पाँच सय प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।