November 17th, 2016

रिलायबल डेभलपमेन्ट बैंकको नयाँ योजना : ८५ दिने मुद्दतीमा ८.५ प्रतिशत ब्याज 

reliableरिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले ८५ दिने मुद्दतीमा ८.५ प्रतिशत वार्षिक ब्याज प्रदान गर्ने नयाँ योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत ८५ दिन पुरा भए पश्चात साँवा र ब्याज स्वतः बचत खातामा जम्मा हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । साथै, सो बचत खातामा रकम आएपश्चात एससीटि नेटवर्क अन्तर्गतका देशभरि रहेका ११०० भन्दा बढी एटिएमहरुबाट निशुल्क रकम झिक्न सकिने समेत बैंकले जानकारी गराएको छ । 

बैंकले १ वर्षे मुद्दतीमा ८.७५ प्रतिशतसम्म तथा बचत खातामा ५.५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । यो सेवा बैंकको सबै १७ शाखाहरुबाट उपलब्ध हुने बताइएको छ ।