सगरमाथा फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ गुणा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सगरमाथाले ३४ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
३६ करोड ९२ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले निक्षेपमा ११ दशमलव ५७ प्रतिशतले वृद्धि गरेर ३ अर्ब ५ करोड रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जामा २७ प्रतिशत बढाएर २ अर्ब ६५ करोड रुपैडाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी ७१ दशमलव ४२ प्रतिशतले बढेर २ करोड ४४ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीको सञ्चालन मुनाफा ५४ प्रतिशतले बढेर ३१ लाख रुपैयाँ पुगेको छ ।
सगरमाथाले जगेडा कोषमा २३ करोड ५ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा फाइनान्सको निष्कृय कर्जा ४ दशमलव ५३ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १८ दशमलव ६० प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ३५ दशमलव ४९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १५ दशमलव ५० गुणा, तरलता अनुपात २२ दशमलव ०६ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ६२ दशमलव ४३ रुपैयाँ रहेको छ ।