Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिभिल बैंकको नाफा ७५ प्रतिशत घट्यो

२०७३ मंसिर २ गते

civil bankसिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५ दशमलव २३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिलले ५ करोड ८७ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

३ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी भएको सिभिल बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १४ दशमलब ५० प्रतिशतले वृद्धि गरी ३१ अर्ब ३४ करोड १२ लाख रुपैयाँको संकलन गरेको छ । कर्जातर्फ बैंकले १२ दशमलव १२ प्रतिशत वृद्धि गरी २६ अर्ब ३४ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ । 

यो अवधिमा सिभिल बैंकको खुद व्याज आम्दानी ५७ दशमलव ९३ प्रतिशतले बढेर २२ करोड ९७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकले ३२ करोड ११ लाख ८९ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको यस्तो मुनाफा २१ करोड सात लाख ६१ हजार रुपैयाँ थियो ।

पहिलो त्रैमासमा १६ करोड ३२ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ३२ करोड ६४ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ५३ करोड रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको बैंकको निष्कृय कर्जा ४ दशमलव १३ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति १२ दशमलव २७ प्रतिशत रहेको छ ।

बैंकको प्रति शेयर आम्दानी १ दशमलव ८५ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय १७ दशमलव ४५ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ०६ प्रतिशत रहेको छ ।