हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आार्थिक वर्षको सोही अवधिको तुलनामा १ सय ५ दशमलव २३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा हामाले १६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
२२ करोड १० लाख रुपैयाँ चुक्तापुँजी भएको हामा मर्चेन्ट एण्ड फाइनान्सको निक्षेप गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १७ प्रतिशतले घटेर २० करोड २१ लाख रुपैयाँ संकलन भएको छ । कर्जातर्फ भने १७ प्रतिशत बढाएर २७ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी ६१ प्रतिशतले बढेर ७३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २ सय १३ प्रतिशतले बढेर ४३ लाख रुपैयाँ पुगेको छ ।
फाइनान्सले प्रोभिजनमा ४ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा कम्पनीको निष्कृय कर्जा १ दशमलव १५ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति ६८ दशमलव १८ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी १ दशमलव ५६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५० दशमलव ३२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३३ दशमलव १७ रुपैयाँ र तरलता अनुपात ८३ दशमलव ८१ प्रतिशत रहेको छ ।