Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

२३ लाख ७० हजार रुपैयाँ घाटामा साहारा विकास बैंक

२०७३ मंसिर १ गते

sahara bikas bankसाहारा विकास बैंक लिमिटेडले यो वर्षको सुरुवात पनि घाटाबाटै गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २८ लाख ३२ हजार दुई सय ८० रुपैयाँ घाटामा गएको साहारा चालू आर्थिक वर्षको सोही अवधिमा २३ लाख ७० हजार दुई सय २० रुपैयाँ घाटामा गएको हो ।

२ करोड ३६ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ४ करोड ३८ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ३० दशमलव १६ प्रतिशतले वृद्धि गरी ५६ करोड रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा ३१ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । बैंकको खुद व्याज आम्दानी २० लाख रुपैयाँ पुगेको छ भने संचालन ३७ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।

असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्जा ४ दशमलव ३० प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति ८३ दशमलव ९५ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक ४२ दशमलव ५१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ३० दशमलव ०९ गुणा, प्रतिशेयर नेटवर्थ २ सय २० दशमलव ०८ रुपैयाँ र तरलता अनुपात ५२ दशमलव ६९ प्रतिशत रहेको छ ।