November 16th, 2016

गत वर्षमा घाटा भएको स्वदेशी लघुवित्तले यसरी कमायो ५३ लाख मुनाफा 

swodeshiस्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ लाख रुपैयाँ खुद मु्नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ हजार रुपैयाँ नोक्सानमा रहेको बैंकको चालू आर्थिक वर्षमा उल्लेख्य प्रगति गरेको हो । 

सात करोड रुपैयाँ चुक्तापुँजी भएको संस्थाले निक्षेपमा ४ गुणाले वृद्धि गरी १६ करोड ५६ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ संस्थाले १ सय १७ दशमलव ८१ प्रतिशतले वृद्धि गरी ९१ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ । संस्थाको खुद व्याज आम्दानी १ सय ४५ प्रतिशतले वृद्धि भई २ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३९ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा ३८ लाख रुपैयाँ खराब कर्जा लघुवित्तले ६५ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ । असोज मसान्तसम्ममा संस्थाको जोखिमयुक्त सम्पत्ति ९ दशमलव ११ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ७१ प्रतिशत रहेको छ ।