प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव ३८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्यासिफिकले ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।
१० करोड ८९ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १३ दशमलव ९९ प्रतिशतले वृद्धि गरी १ अर्ब ३ करोड रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले १४ दशमलव ५२ प्रतिशत बढाएर ९३ करोड ८३ लाख रुपैयाँ लगानी गरेको छ । यो अवधिमा बैंकको खुद व्याज आम्दानी ३६ दशमलव ३६ प्रतिशतले बढेर १ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४४ प्रतिशतले बढेर १ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
बैंकले प्रोभिजनमा ५ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको जोखिमयुक्त सम्पत्ति १६ दशमलव ३६ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ३० दशमलव ५३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ४१ दशमलव ८० रुपैयाँ र तरलता अनुपात १५ दशमलव ८३ प्रतिशत रहेको छ ।