साझा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ लाख रुपैयाँ नोक्सानमा रहेको बैंकको चालू आर्थिक वर्षमा उल्लेख्य प्रगति गर्दै ५० लाख ३७ हजार छ सय ५० रुपैयाँ मुनाफा कमाएको हो ।
१० करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ३१ दशलमव ८८ प्रतिशतले वृद्धि गरी ८४ करोड रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले २२ दशमलव ६१ प्रतिशत बढाएर ३८ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १ सय ७ प्रतिशतले बढेर २ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने संचालन ४२ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।
यो अवधिमा २ करोड २४ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १ करोड ७५ लाख रुपैयाँ राखेको छ । बैंककमो जगेडाकोष २ करोड रुपैयाँ नेगेटिभमा रहेको छ । असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्जा ४ दशमलव ६३ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १६ दशमलव ९७ प्रतिशत रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ५ दशमलव ०४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६२ दशमलव १३ गुणा, प्रतिशेयर नेटवर्थ ७९ दशमलव ५३ रुपैयाँ र तरलता अनुपात ११ दशमलव ९८ प्रतिशत रहेको छ ।
६६ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १ सय १६ दशमलव ५२ प्रतिशतले वृद्धि गरी ६ अर्ब ९० करोड ५२ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले १ सय ३९ दशमलव ७३ बढाएर ६ अर्ब १४ करोड २९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १ सय ३१ दशमलव ७० प्रतिशतले बढेर ९ करोड ५१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४८ दशमलव ४८ प्रतिशतले बढेर ४ करोड पुगेको छ ।
बैंकले प्रोभिजनमा ३ करोड ३६ लाख रुपैयाँ राखेको छ भने जगेडकोषमा ३२ करोड रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा कामनाको निष्कृय कर्जा १ दशमलव ९२ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १४ दशमलव ६६ प्रतिशत रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी वार्षिक २१ दशमलव ६६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४ दशमलव ३१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४९ दशमलव ५२ रुपैयाँ र तरलता अनुपात २५ दशमलव २६ प्रतिशत रहेको छ ।