February 22nd, 2024

दुई वटा लघुवित्तको सेयर कारोबार १५ दिन रोक्का हुने

बैंकिङ खबर/ सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार १५ दिन रोक्का हुने भएको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लू लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने-गाभिने (मर्जर) गर्न लागेकाले कारोबार रोक्का भएको छ । मर्जरका लागि नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

दुवै संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि एकीकृत कारोबार सुरु फागुन २४ गतेदेखि १५ कार्यदिनसम्म सेयर कारोबार रोक्का राख्ने निर्णय गरेको जनाएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]