November 15th, 2016

रिलायबल, महालक्ष्मी र पूर्णिमा : कसले कति बढाए नाफा ?

reliableरिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ५७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा रिलायबललले ३ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले निक्षेपमा १८ दशमलव ५७ प्रतिशतले वृद्धि गरी ८ अर्ब ५१ करोड ४३ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ ३४ दशमलव ३४ प्रतिशत बढाएर ७ अर्ब २ करोड २५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा ४८ दशमलव २७ प्रतिशतले बढेर ८ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८१ दशमलव ८१ प्रतिशतले बढेर ४ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । 

यो अवधिमा ६६ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २ करोड ६१ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्जा २ दशमलव ७० प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव ९९ प्रतिशत, प्रतिशेयर आम्दानी १६ दशमलव ५६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३१ दशमलव ५८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४४ दशमलव ४९ रुपैयाँ र तरलता अनुपात ७८ दशमलव ०५ प्रतिशत रहेको छ ।

mahalaxmiत्यस्तै, महालक्ष्मी विकास बैंक लिमिटेडको नाफा ५ दशमलव २६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ९९ लाख रुपैयाँ कमाएको बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ४ लाख रुपैयाँ नाफा कमाएको हो । 

बैंकले निक्षेपमा गत आवको पहिलो त्रैमासको तुलनामा २ सय ४२ दशमलव ८९ प्रतिशतले वृद्धि गरी ११ अर्ब ५५ करोड २३ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ २ सय ६७ दशमलव १६ प्रतिशत बढाएर ९ अर्ब ३० करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १ सय ७८ दशमलव ९४ प्रतिशतले बढेर १० करोड ६७ लाख रुपैयाँ पुगेको छभने संचालन मुनाफा १६ दशमलव ६६ प्रतिशतले बढेर २ करोड १० लाख रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्जा ४ दशमलव ४० प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १५ दशमलव ६४ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी ७ दशमलव ०७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात शुन्य, प्रतिशेयर नेटवर्थ १ सय ९८ दशमलव ३३ रुपैयाँ र तरलता अनुपात ६२ दशमलव ६३ प्रतिशत रहेको छ ।

purnima bikas bankयता, पूर्णिमा विकास बैंक लिमिटेडको नाफा ७० प्रतिशतले बढेछ । बैंकले चालू आवको पहिलो त्रैमासमा १ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जबकि गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ करोड ८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकले निक्षेपमा गत आवको पहिलो त्रैमासको तुलनामा २९ दशमलव १२ प्रतिशत वृद्धि गरी २ अर्ब ४० करोड रुपैयाँ संकलन गरेको छ भने कर्जामा १ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ३६ दशमलव १८ प्रतिशत बढी हो । बैंकको खुद व्याज आम्दानी ४७ दशमलव ८२ प्रतिशत बढेर ३ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६२ दशमलव ५ प्रतिशतले बढेर २ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ३४ दशमलव ०६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४ दशमलव १२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५७ दशमलव ०१ रुपैयाँ र तरलता अनुपात ४० दशमलव ७६ प्रतिशत रहेको छ ।