Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकले कमायो ४२ करोड नाफा, हेर्नुस् समग्र प्रगति विवरण

२०७३ कार्तिक ३० गते

adblकृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको ४६ दशमलव ५२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि विकास बैंकले २८ करोड ८६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

१० अर्ब ३७ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा ७ दशमलव ५९ प्रतिशत वृद्धि गरी ८५ अर्ब ६६ करोड ४६ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ८१ अर्ब १३ करोड ५ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २२ दशमलव ७२ प्रतिशत बढी हो । त्यस्तै खुद व्याज आम्दानी ४७ दशमलव ९४ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ३२ प्रतिशत बढेर ३० अर्ब ५० करोड १० लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा२ ५ करोड ८० लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ५८ करोड ११ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ८ अर्ब ८० करोड ७७ लाख रुपैयाँ राखेको छ । बैंकको जोखिमयुक्त सम्पत्ति १६ दशमलव ७१ प्रतिशत र निष्कृय कर्जा ३ दशमलव ८३ प्रतिशतले रहेको छ । 

बैंकको प्रति शेयर आम्दानी ३६ दशमलव ९१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ५१ गुणा, प्रतिशेयर नेटवर्थ ३ सय २१ दशमलव २३ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ६३ प्रतिशत रहेको छ ।