साना किसान विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१ दशमलव ९६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा साना किसानले ४ करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
४० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले ९९ करोड ५१ लाख रुपैयाँ जगेडाकोषमा राखेको छ । बैंकले कर्जामा ११ अर्ब २७ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३७ दशमलव ३८ प्रतिशतले बढेर १४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा ६३ दशमलव १५ प्रतिशतले बढेर १२ करोड ४३ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ६७ लाख रुपैयाँ राखेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ७८ दशमलव ६६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २८ दशमलव ६० गुणा, प्रतिशेयर नेटवर्थ ३ सय ४७ दशमलव २८ रुपैयाँ र तरलता अनुपात ७ दशमलव ८१ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ११ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति ११ दशमलव २५ प्रतिशत रहेको छ ।
यो अवधिमा कम्पनीले कर्जामा २१ दशमलव ३४ प्रतिशतले वृद्धि गरी ५ अर्ब १० करोड रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानी १६ दशमलव १२ प्रतिशतले बढेर ७ करोड २५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५ प्रतिशतले वृद्धि गरी ६ करोड २६ लाख रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्ममा रुरल माइक्रोफाइनान्सको जोखिमयुक्त सम्पत्ति २६ दशमलव ४४ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ०१, प्रतिशेयर आम्दानी वार्षिक २३ दशमलव ०४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३९ दशमलव ०१ गुणा र प्रतिशेयर नेटवर्थ २ सय ६५ दशमलव २९ रुपैयाँ रहेको छ ।
कम्पनीले निक्षेपमा २ सय प्रतिशतले वृद्धि गरी ७ करोड ६० लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ८४ प्रतिशतले वृद्धि गरी ५३ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै खुद व्याज आम्दानी ७० प्रतिशतले बढेर १ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २४ दशमलव ३१ प्रतिशतले बढेर ८० लाख रुपैयाँ पुगेको छ । कम्पनीले प्रोभिजनमा २५ लाख रुपैयाँ राखेको छ ।
कम्पनीको निष्कृय कर्जातर्फ शुन्य दशमलव ९० प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पति २६ दशमलव ३२ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक २१ दशमलव ५२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५९ दशमलव ४७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २७ रुपैयाँ र तरलता अनुपात ३१ प्रतिशत रहेको छ ।
यो अवधिमा नेशनल माइक्रोफाइनान्सले निक्षेपमा २ सय ४३ प्रतिशतले वृद्धि गरी १३ करोड ४५ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ कम्पनीले ६५ दशमलव २३ प्रतिशत बढाएर ९६ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी ८७ दशमलव ५ प्रतिशतले बढेर ३ करोड ५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ सय १५ दशमलव ३८ प्रतिशतले बढेर २ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्ममा कम्पनीको जोखिमयुक्त सम्पत्ति १६ दशमलव ४० प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ७६ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक ७३ दशमलव ५६ रुपैयाँ प्रतिशेयर नेटवर्थ १ सय ६६ दशमलव ५२ रुपैयाँ र तरलता अनुपात ३०७ दशमलव ५४ प्रतिशत रहेको छ ।