जानकी फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० गुणा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा जानकीले १६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
फाइनान्सले निक्षेपमा ६ दशमलव १४ प्रतिशतले वृद्धि गरी १ अर्ब १४ करोड ७३ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा २० प्रतिशत बढाएर १ अर्ब २० करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानीमा साढे ६ गुणाले बढेर २ करोड ६२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा १४ गुणाले बढेर २ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
जानकी फाइनान्सको निष्कृय कर्जा २ दशमलव ६९ प्रतिशत, जोखिमयुक्त सम्पत्ति ३८ दशमलव ५७ प्रतिशत, प्रतिशेयर आम्दानी ५ दशमलव ६४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६८ दशमलव ०८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ७८ दशमलव ९२ रुपैयाँ र तरलता अनुपात ३८ दशमलव ५७ प्रतिशत रहेको छ ।
यता, एनआईडीसी क्यापिटल मार्केट लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा मुनाफा ४ करोड ६२ लाख रुपैयाँ कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव ४२ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईडीसीले ३ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको निक्षेप १ दशमलव २५ प्रतिशतले बढेर ९६ करोड रुपैयाँ संकलन भएको छ । कर्जातर्फ कम्पनीले ६३ करोड रुपैयाँ लगानी गरेको छ । यो अवधिमा कम्पनीको खुद व्याज आम्दानी ७५ प्रतिशतले घटेर ९२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा बढेर ३० लाख रुपैयाँ पुगेको छ ।
क्यापिटल मार्केटको निष्कृय कर्जा २ दशमलव ५४ प्रतिशत, जोखिम युत्त सम्पत्ति ३१ दशलमलव २७ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १९ दशमलव ८० रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३० दशमलव ३० गुणा, तरलता अनुपात ६२ दशमलव ६३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ९८ दशमलव ३३ रुपैयाँ रहेको छ ।