आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले शाखा प्रवन्धकहरुको लागि समीक्षा गोष्ठि तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा रहेको धुलिखेल तालिम केन्द्रमा २०७३ कार्तिक २८ र २९ गते उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले कर्मचारीहरु संस्थाको सम्पत्ती भएको र शाखा प्रबन्धकहरु केन्द्रिय कार्यालयको प्रतिनिधि भएकोले सोही अनुसार जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । विशेष गरी शाखा प्रबन्धकहरुले लघुवित्तीय लगायत समग्र वित्तीय क्षेत्रको ज्ञान राख्नपर्ने र बजार अत्यन्त प्रतिस्पर्धी भएकाले आफूले गर्ने हरेक कामहरु नौलो तरिकाले गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा आफनो शाखाअन्तर्गत आ. व. २०७३/०७४ को पहिलो त्रैमासिकको लक्ष्य तथा प्रगतिको समिक्षा, कार्यक्रम संचालनको समयमा आइपरेका चुनौतीहरु, त्यसको समाधानहरु तथा आगामी दिनका रणनीतिहरुको बारेमा छलफल गरियो । साथै उक्त कार्यक्रममा शाखा प्रबन्धकहरुको क्षमता अभिवृद्धिका लागि वित्त, कार्यक्रम, प्रशासन तथा व्यवस्थापन सम्वन्धि ४ वटा विधामा प्रस्तुतिहरु गरिएका थिए । कार्यक्रममा ११ जना शाखा प्रवन्धकहरुसहित १५ जनाको उपस्थिती रहेको थियो ।