नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड कात्र्तिक ३० गते मंगलवार देखि ७९ वर्ष पुरा गरी ८० औ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसर पारेर बैंकले सम्पूर्ण ग्राहक, शेयरधनी तथा शुभ चिन्तकहरुमा आभार व्यक्त गरेको छ । साथै, विगतमा झै आगामी दिनहरुमा पनि गुणस्तरीय एवं सरल बैंकिङ्ग सेवा तथा सुविधाहरु उपलब्ध गराउँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ । ।
हाल नेपाल बैंकको चुक्ता पूँजी शेयर रु. ६ अर्व ४९ करोड रहेको छ । जसमध्ये सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारण एवं कर्मचारीहरुको ३७.७९ प्रतिशत सेयर रहेको छ । बैंकको ०७३ आश्विन मसान्तसम्ममा पुँजीकोष अनुपात १२.१२ प्रतिशत पुगेको छ । य
चालू आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले अपेक्षित उपलब्धी हासिल गरेकोे छ । ०७३ आश्विन मसान्तमा बैंकले १ अर्ब १६ करोड खुद मुनाफा (अपरिष्कृत) गरेको छ । बैंकमा रु. ८६ अर्ब २२ करोड निक्षेप रहेको छ । कर्जा तथा सापटी तर्फ रु. ६६ अरब ३ करोड कर्जा प्रवाह भएको छ । बैकको निष्कृय कर्जाको अनुपात ३ दशमलब १ प्रतिशत रहेको छ ।
हाल बैंकले १२६ वटा शाखाहरु मार्फत आधुनिक एवं केन्द्रीकृत गरी सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने निकट भविष्यमा व्यवसायिक सम्भाव्यताको आधारमा देशको ग्रामीण एवं शहरी क्षेत्रमा आधुनिक बैंकिङ्ग सेवा विस्तार गर्दै लैजाने योजना रहेको छ ।