Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकको नाफा १८५.४१ प्रतिशतले बढ्यो

२०७३ कार्तिक ३० गते

kumari bankकुमारी बैंक लिमिटडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ सय ८५ दशमलव ४१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारीले ४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो । 

२ अर्ब ६९ करोड चुक्ता पुँजी भएको बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४८ दशमलव ०२ प्रतिशतले बढेर २६ करोड २५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा १ सय ४० दशमलव ६२ प्रतिशतले बढेर १५ करोड ४९ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा बैंकले निक्षेपमा १७ दशमलब ६४ प्रतिशतले वृद्धि गरी ४० अर्ब ३५ करोड ६९ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १८ दशमलव ५१ प्रतिशतले बढाएर ३२ अर्ब ४१ करोड ११ लाख रुपैयाँ लगानी गरेको छ । 

यो अवधिमा ५ करोड ७८ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको कुमारी बैंकले प्रोभिजनमा ६ करोड २६ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्जा १ दशमलव २६ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति ११ दशमलव ३३ प्रतिशत रहेको छ ।

कुमारी बैंकको प्रति शेयर आम्दानी ३१ दशमलव ४९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ५९ गुणा, प्रति शेयर नेटवर्थ रु १ सय ५५ दशमलव ६४ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ५२ प्रतिशत रहेको छ ।