Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अटो-मार्केट

लघुबीमा कम्पनीले ५० लाखसम्मको मोटर बीमा गर्नसक्ने

२०८० पुष २४ गते

बैंकिङ खबर/ लघुबीमा कम्पनीले ५० लाख रुपैयाँसम्मको मोटर बीमा गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीको व्यवसायिक दायरा बढाउनेगरी लघुबीमा निर्देशिका (प्रथम संशोधन) २०८० जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

यसअघि ट्रेलर, ट्याक्टर, थ्रेसर, मोटर अन्तरगत पर्ने कृषि उपकरण, मोटरसाइकल, ट्राइसाइकल, मोपेड, ट्याम्पु, रिक्सा र ठेलागाडाको मात्रै बीमा गर्नसक्ने व्यवस्था थियो ।

बीमा प्राधिकरणले लघुबीमा निर्देशिका संशोधन मार्फत ५० लाखम्मको मोटर बीमा र मोटर तेस्रोपक्ष बीमा गर्नसक्ने व्यवस्था गरिदिएको छ । मोटर तेस्रोपक्ष बीमा गर्दा मोटर बीमा दर सम्बन्धी निर्देशिका २०७३ अनुसार गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।