November 14th, 2016

किसान माइक्रोफाइनान्सको नाफामा झिनो वृद्धि : तीन महिनामा झन्डै ४२ लाख कमाइ

kisan-microfinanceकिसान माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ लाख ९८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ दशमलव ८४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा किसान माइक्रोफाइनान्सले ४१ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

२ करोड रुपैयाँ चुक्ता पूँजी भएको किसान माइक्रोफाइनान्सले निक्षेपमा गत आर्थिक वर्षको तुलनामा ६५ दशमलव ५७ प्रतिशतले वृद्धि गरी १० करोड १८ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ माइक्रोफाइनान्सले ८० दशमलव ४४ प्रतिशत बढाएर ४८ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ । 

गत वर्षको असोज मसान्तको तुलनामा संस्थाको खुद व्याज आम्दानी ९ दशमलव ९४ प्रतिशतले बढेर १ करोड २९ लाख रुपैयाँ पुगेको छ । यता, संचालन मुनाफा १ दशमलव ८३ प्रतिशतले बढेर ६५ लाख रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा किसान माइक्रोफाइनान्सको निष्कृय कर्जामा शुन्य दशमलव ८३ प्रतिशतले घटेर शुन्य दशमलव ७४ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति २ दशमलव ३४ प्रतिशतले घटेर ८ दशमलव ४९ प्रतिशत रहेको छ । संस्थाले जगेडाकोषमा ६४ लाख रुपैयाँ राखेको छ । 

प्रतिशेयर आम्दानी २० दशमलव ९९ प्रतिशत, मुल्य आम्दानीको अनुपात १ सय ८६ दशमलव ७४ गुणा रहेको किसान माइक्रोफाइनान्सको तरलता अनुपात ८५ दशमलव ३१ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ३२ दशमलव ४६ रुपैयाँ रहेको छ ।