Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेगा बैंकको नाफा ७३.८० प्रतिशतले बढ्यो, हेर्नुस् समग्र प्रगति विवरण

२०७३ कार्तिक २९ गते

mega bankमेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३ दशमलव ८० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मेगाले ८ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

३ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी भएको मेगा बैंकले निक्षेपमा ६३ दशमलव ६३ प्रतिशतले वृद्धि गरी ३६ अर्ब ७७ करोड ४१ लख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ३१ अर्ब ८१ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको सोहि अवधिभन्दा ७२ दशमलव २२ प्रतिशतले बढी हो । 

त्यस्तै, बैंकको खुद व्याज आम्दानी ७९ दशमलव ७९ प्रतिशतले बढेर ३५ करोड ६७ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा ५४ दशमलव ३८ प्रतिशतले बढेर १७ करोड ६२ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा ५ करोड ५० लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले जगेडाकोषमा १ अर्ब ११ करोड १६ लाख रुपैयाँ राखेको भने प्रोभिजनमा ११ करोड ४८ लाख रुपैयाँ राखेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५२ प्रतिशतले घटेर १ दशमलव ०८ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पत्ति २ दशमलव ४५ प्रतिशतले घटेर ११ दशमलव ५८ प्रतिशत कायम भएको छ ।

असोज मसान्तसम्ममा मेगा बैंकको प्रतिशेयर आम्दानी ४ दशमलव ५३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २८ दशमलव ३८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३४ दशमलव ३१ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ६९ प्रतिशत रहेको छ ।