Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनसीसी बैंकको नाफामा झिनो वृद्धि, तीन महिनामा कमायो १२ करोड ९० लाख

२०७३ कार्तिक २९ गते

ncc bankनेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १ दशमलव ५७ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनसीसीले  १२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । 

२ अर्ब ३५ करोड ३१ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले गत वर्षको असोज मसान्तको तुलनामा निक्षेपमा २० प्रतिशतले वृद्धि गरी ३० अर्ब ६३ करोड ३० लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले १९ प्रतिशत बढाएर २५ अर्ब ८९ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ । 

खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा बैंकले राम्रै प्रगति गरेको देखिन्छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २० दशमलव ३९ प्रतिशतले बढेर २४ करोड २४ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा २७ दशमलव ८१ प्रतिशतले बढेर १७ करोड ४ लाख रुपैयाँ पुगेको छ । 

तीन महिनाको अवधिमा ३ करोड २३ लाख रुपैयाँ खराब कर्जा उठाएको एनसीसीले प्रोभिजनमा ३ करोड ४ लाख रुपैयाँ राखेको छ भने १ अर्ब ५३ करोड ३० लाख रुपैया जगेडा कोषमा राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा शुन्य दशमलव ८५ प्रतिशतले घटेर शुन्य दशमलव ९६ प्रतिशतका कायम भएको छ भने जोखिमयुक्त सम्पति शुन्य दशमलव ५ प्रतिशतले बढेर ११ दशमलव ८७ प्रतिशत पुगेको छ । 

बैंकको प्रति शेयर आम्दानी २१ दशमलव ६९ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय ६५ दशमलव १५ रुपैयाँ, तरलता अनुपात २२ दशमलव ३४ प्रतिशत र मूल्य आम्दानी अनुपात १६ दशमलव ७४ गुणा रहेको छ ।