November 13th, 2016

यतीले सम्पन्न गर्यो आँखा शिबिर, १२ वृद्धावृद्धको तिलगंगामा शल्यक्रिया

shibirयती डेभलपमेण्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको आफ्नै शाखाको प्रांगणमा आँखा शिबिर सम्पन्न गरेको छ । सामुदायिक आंखा केन्द्रको सहकार्यमा शनिबार सम्पन्न उक्त शिबिरमा भक्तपुर, चांगुनारायण र नगरकोटका करीब ३०० जनाले आंखा जाँच गराएका थिए । शिबिरमा आंखा जाँच गराएका मध्ये १२ जना बृद्ध÷बृद्धाहरुको मोती बिन्दु को शल्यक्रिया गर्नुपर्ने देखिएकाले उनीहरुलाई तिलगंगा आँखा अस्पतालसम्म लाने र ल्याउने ब्यबस्था समेत बैंकले मिलाएको छ । 

हरेक महिना कुनै न कुनै सामाजिक कार्यहरुमा सहभागीता जनाउंदै आएको बैंकले सामाजिक कार्यहरुमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता पनि जनाएको छ ।