November 13th, 2016

किन घट्यो युनिक फाइनान्सको मुनाफा ?

unique financeयुनिक फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफा ६० दशमलव ३० प्रतिशतले घटेको हो ।  गत आर्थिक वर्षको पहिलो त्रैमासमा युनिकले ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

२७ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले यो अवधिमा निक्षेपमा दशमलव ९ दशमलव ४४ प्रतिशतले वृद्धि गरी ७३ करोड ९ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ ३ दशमलव १५ प्रतिशतले घटाएर ५५ करोड २० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४२ दशमलव ७३ प्रतिशतले घटेर ८० लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा ६० दशमलव ३० प्रतिशतले घटेर ३४ लाख रुपैयाँ पुगेको छ । 

९ लाख रुपैयाँ प्रोभिजनमा राखेको फाइनान्सको जोखिमयुक्त सम्पत्ति ४६ दशमलव ४१ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ३८ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक शुन्य दशमलव ८० रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४ सय ४३ दशमलव २२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय १५ दशमलव २४ रुपैयाँ र तरलता अनुपात ६१ प्रतिशत रहेको छ ।