सानिमा बैंकले नक्सालस्थित सामुदायिक केन्द्रलाई घाँस काट्ने उपकरण (Lawn Mower) प्रदान गरेको छ । बैंकले नन्दीकेशर बगंैचा (नारायणचौर)को सुन्दरता कायम राख्नका उक्त उपकरण प्रदान गरेको जानकारी दिएको छ । ११ औं महानगरीय प्रहरी दिवसका दिन आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सामुदायिक केन्द्रका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।
सामाजिक उत्तरदायित्व अन्र्तगत सानिमा बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।