November 13th, 2016

देवः र ओमको नाफामा उल्लेख्य बाढोत्तरी

devaदेवः विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव ४७ प्रतिशत बढी नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

८८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको खुद व्याज आम्दानी ६४ दशमलव १४ प्रतिशतले बढेर ११ करोड ७१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा २९ दशमलव ४४ प्रतिशतले बढेर ७ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकले सात अर्ब ९६ करोड ८६ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जातर्फ बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० दशमलव ९० प्रतिशतले बढाएर ६ अर्ब ७४ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकले जगेडा कोषमा ३० करोड ८८ लाख रुपैयाँ राखेको छ भने प्रोभिजनमा ४० लाख ७८ रुपैयाँ राखेको छ । बैंकको जोखिमयुक्त सम्पति १६ दशमलव १७ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा ३ दशमलव ४४ प्रतिशत रहेको छ । 

बैंकको प्रतिशेयर आम्दानी २३ दशमलव ०१ रुपैयाँ (वार्षिकीकरण), मूल्य आम्दानीको अनुपात १६ दशलमव ४७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३५ दशमलव ०५ रुपैयाँ र तरलता अनुपात ११ दशमल ०८ प्रतिशत रहेको छ ।

omयता, ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३२ लाख रुपैयाँ खुँद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड रुपैयाँ मात्रै नाफा गरेको थियो । सिटी डेपलपमेन्ट बैंक र ओम फाइनान्स एक आपसमा गाभिएर बनेको ओमको मर्जरपछिको एकिकृत विवरणमा नाफामा बढोत्तरी देखिएको हो । 

एक अर्ब पाँच करोड चुक्तापूँजी रहेको बैंकको जगेडा कोषमा ६० करोड रुपैयाँ रहेको छ । बैंकले यसअवधिसम्म १२ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेर १० अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब भने गतबर्षको यसै अवधिको तुलनामा केही बढेर १ दशमलव ९६ प्रतिशत पुगेको छ । बैैंकको प्रति सेयर आम्दानी १२ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ रहको छ ।