March 11th, 2016

ग्रामीण क्षेत्रमा वित्तिय सेवा विस्तारमा बैंक अफ काठमाडौं, प्युठान र दाङमा नयाँ शाखा

Bijuwar Branch Openingबैंक अफ काठमाण्डूले प्युठान र दाङमा नयाँ शाखा विस्तार गरेको छ । बैँकले ग्रामीण क्षेत्रमा बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यका साथ प्युठानको बीजुवार र दाङ्गको भालुबाङ्गमा आफ्नो शाखा स्थापना गरेको हो ।  बैंकका संचालक श्री सन्त वर सिंह थापाले बीजुवार शाखा र संचालक श्री वलराम न्यौपानेले भालुबाङ्ग शाखाको उद्घाटन गरे । 

Bhalubang Branch Openingन्युन बैंकिङ्ग पहुंच भएका ग्रामीण क्षेत्रमा सेवा पु¥याउने र कृषि क्षेत्रमा आप्mनो सेवा विस्तार गर्ने उद्देश्यले यस बैंकले विभिन्न पहलहरु गरिरहको छ । यसैक्रममा संयुक्त अधिराज्यको यु. के. एड् अन्तर्गत हाल संचालित सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम र बैंक अफ काठमाडौं बीच साझेदारी सहमती भएको छ । उक्त कार्यक्रम अनुसार यस बैंकले सक्षम एक्सेस टु फाइनान्ससंग सम्झौता गरी संयुक्त लगानीमा ६ वटा स्थानमा नयाँ शाखा स्थापना गरिसकेको छ । सोहि सम्झौता अन्तर्गत नै बीजुवार र भालुबाङ्गमा शाखा स्थापना गरेको बैँकले जनाएको छ । साथै, यस परियोजना अन्तर्गतका बैंकका अन्य चार शाखाहरु कन्चनपुरको बेलौरी, कैलालीको लम्की, बर्दियाको राजापुर तथा रुपन्देहीको देवदहमा संचालन भइसकेका छन् । 

यी दुई शाखाहरुबाट निक्षेप, कर्जा, रेमिट्यान्स, ग्यारेन्टी लगायतका सम्पूर्ण बैंकिङ्ग सेवा उपलब्ध हुनेछ । साथै, यि स्थानहरुबाट बैंकले किसानहरुलाई उपयोगी सजिलो खेतीपाती कर्जा भन्ने नयाँ योजना पनि उपलब्ध गराउनेछ । यि शाखाहरुको संचालन पश्चात यस बैंकको कुल शाखा संख्या ५६, एटिएम काउन्टर ५७ र एक्सटेन्सन काउन्टर ७ पुगेको छ ।